Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

समाचार


गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन

चितवन। गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो । उक्त निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो ।

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि बाँडियो प्रश्नपत्र

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव लिने भएको छ । आजबाट सुरु हुने बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव लिन लागेको हो। उक्त महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय सङ्गठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने,

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई १६१ रनको लक्ष्य दियो

काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । त्यस्तै, तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा

ढोरपाटन। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । उनी आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आएक आएका हुन् । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । उनी सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा

भविष्यमा कोरोना जस्ता महामारी आइपर्न सक्छन्, तयारी अवस्थामा रहौँ : डब्ल्यूएचओ

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ । त्यस्तै, डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो । डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य

देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौं। देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं। लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, गएराति भएको खेलमा बर्नलीलाई २-० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ

बाराका प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सिंह पक्राउ

काठमाडौं। बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका-३ बाट मङ्गलवार साँझ ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार गएराति ८

सम्वन्धित समाचारहरु