Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

शहीद दिवसः शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास


काठमाडौं। शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताए । उनले भने, “कार्यशालामा शहीदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।”

उक्त प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले शहीदको योगदान एवं बलिदानले नै देशमा आमूल परिवर्तन आएको धारणा राखे । उनले भने, “यो कार्यक्रम ज्यादै गहकिलो छ, भावी सन्ततिका लागि शहीदहरूले देशका लागि गरेको बलिदानको समेत स्मरण गराउन मद्दत पु¥याउनेछ ।” प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले कार्यशालामा सिर्जित कलामार्फत शहीदहरूले राष्ट्र निर्माणका लागि दिएको बलिदानको सम्झनालाई स्थायी बनाउन सहयोग पु¥याउने बताए ।

सो कार्यशालामा कलाकार भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ र जुपिटर प्रधानको सहभागिता रहेको थियो ।

त्यसैगरी, कार्यशालामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिङ, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामीलगायत कलाकारको समेत सहभागिता रहेको छ ।

सोमबारदेखि सुरु भएको कार्यशालामा सिर्जित कलाकृति प्रतिष्ठानमा आजदेखि नै प्रदर्शनमा राखिँदै छ । उक्त प्रदर्शनीयही माघ २२ गतेसम्म रहने उक्त कार्यक्रमका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?