Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि ओख्रे प्रथम


खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ । चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं २ ओख्रेडाँडागाउँको उक्त विद्यालय प्रथम भएको हो ।

उक्त प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित छोरम्बूस्थित शान्ति मावि दोस्रो भएको छ भने तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित डाँडाखर्कस्थित सरस्वती मावि तेस्रो भएका छन् भने माघ १२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १५, रु १२ र रु नौ हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिएका छन् । विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले पुरस्कार प्रदान गरे ।

त्यस्तै, अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ भने दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिए ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?