Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

उत्तरी मेक्सिकोमा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु


काठमाडौं। उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १८ जना घाइते भएका छन् भने सो बसमा ३७ जना सवार रहेका थिए ।

राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुवै गाडी जलेको देखिएको छ ।

त्यस्तै, घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घटना बढेको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?