Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

५१ हजार नाघ्यो पुस मसान्तसम्म एनओसी लिने विद्यार्थीको संख्या


काठमाडौं। ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । यो चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क हो । शिक्षा मन्त्रालयको एनओसी शाखाका अनुसार क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् ।

त्यसपछि अष्ट्रेलियाको लागि ९ हजार ७८७ जनाले, जापानको लागि ८ हजार ५६७ जनाले, युकेको लागि ६ हजार ६८७ जनाले अमेरिकाको लागि ५ हजार ३१८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३७२ जनाले, भारतको लागि एक हजार ३१२ जनाले एनओसी लिएका छन् ।

सो शाखाको विवरण अनुसार विभिन्न ५८ देशमा अध्ययन गर्न जानको लागि विद्यार्थीले एनओसी लिएका छन् भने शाखा प्रमुख शान्तिराम पौडेलको अनुसार औसतमा दैनिक ५ सय जनाले एनओसीको लागि अनलाइन आवेदन दिने गरेका छन् ।

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?