Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

वन विज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ ।

विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए ।

उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्री अभाव रहेको छ भने सो विद्यालयसँग फाउडा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उनले बताए ।

त्यसैगरी, सामग्री अभाव भएपछि विद्यार्थीको पठन पाठनको कार्यमा अवरोध आउन थालेको उनको बुझाइ रहेको छ । उक्त नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताएका छन् । “विद्यालयसँग सिमिति साधन स्रोत छ”, उनले भने, “आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उनले भने, “सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन् ।”

विसं २०७६ देखि तीनवर्षे वन विज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ भने कार्यक्रमअन्तर्गत वन विज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । उक्त .विद्यालयमा वन विज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त रहेको छ भने छात्र र छात्राका लागि सुविधा सम्पन्न छुट्टाछुट्टै छात्रावास रहेका छन् ।

सो छात्रवासका प्रत्येक कोठामा बाथरुम तथा ट्वाइलेटको व्यवस्था रहेको छ भने छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?