Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री ‘प्रचण्ड’ र बेलायतका सेना प्रमुखबीच भेटवार्ता


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सबीच शिष्टाचार भेट भएको छ । माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटघाट गरेका हुन् ।

उक्त भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ भने दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

सो भेटमा नेपालका सेना प्रमुख स्याण्डर्ससँग बेलायती राजदूत रब फेन पनि सहभागी थिए । स्याण्डर्स माघ २० गतेसम्म नेपालमा रहने बताइएको छ । त्यस्तै, बेलायतका विकास मन्त्री पनि फेरवरीको दोस्रो साता नेपाल भ्रमणमा आउन लागेका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?