Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

२६ चैत्र, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ ।

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा खाना खाएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले भट्टको घरमा खाना खाएका हुन् । खाना खाइसकेपछि उनले भट्टको घर आफ्नो पनि भएको बताएका छन् । 'यो घर मेरो पनि हो, यहाँ

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

२६ चैत्र, पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

२६ चैत्र, चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान

एमालेका सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा गएका छन् । उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी गएका थिए । सोही क्रममा उनी चियाखाजा खानका लागि

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

२६ चैत्र, झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

२६ चैत्र, मनाङ । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा

न्यायाधीश शंकरराज बरालको इजलासमा सन्दीप लामिछानेविरूद्धको मुद्दा

२६ चैत्र, काठमाडाैँ । सन्दीप लामिछानेविरूद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको अन्तिम सुनुवाइ न्यायाधीश बरालको इजलासमा परेको हो । यसअघि गत चैत्र २२ गतेका लागि तोकिएको पेशी समय अभावका कारण सुनुवाइ नभइ रोकिएको थियो । आज भने उक्त

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी धनगढी पुगेका हुन् । उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी गएका हुन् । प्रचण्ड आज नै काठमाडाैँ फर्किने कार्यतालिका रहेको छ ।

गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या

२६ चैत्र, फिक्कल । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे

सम्वन्धित समाचारहरु