Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न, तपाईंहरूले खोज्नुस् : ओली


२३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकिएपछि बाहिरिँदै गर्दा रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन् ।

एक पत्रकारले ओलीलाई ‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो। अहिले त हराइराखेका छन्। कहाँ बस्नुभएको छ उहाँ?,’ भन्दै प्रश्न गरेका थिए ।

त्यसमा ओलीको उत्तर थियो, ‘तपाईंहरूले खोज्नुस् न। मेरो सम्पर्कमा हुनुहुन्न।’

उनले आफु अभियुक्तलाई बचाउन लागेको आरोप हल्ला मात्रै भएको पनि बताए । उनले भने, ‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी फरार रहेका छन् । अर्घाखाँचीबाट काठमाडाैँ जाने भन्दै हिँडेका उनी बाटोबाटै बेपत्ता भएका थिए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?