Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पशुपतिनाथमा सचेतना अभियान


२३ वैशाख, काठमाडाैँ । नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

हरेक मङ्गलबार सडकपेटीमा व्यानरसहित पशुबलि रोक्न आग्रह गर्ने र शनिबार बिहान विभिन्न मन्दिरमा गएर पशुबलि रोक्नका लागि सचेतनामूलक कार्यक्रम गरिँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्वअध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । उनका अनुसार उक्त सचेतनामूलक कार्यक्रम कुनै सहयोगबिना स्वतःस्फूर्तरूपमा २०७२ सालदेखि गरिँदै आएको छ ।

विसं २०५२ देखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमितरूपमा अभियान सुरु गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?