Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पशुपतिनाथमा सचेतना अभियान


२३ वैशाख, काठमाडाैँ । नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

हरेक मङ्गलबार सडकपेटीमा व्यानरसहित पशुबलि रोक्न आग्रह गर्ने र शनिबार बिहान विभिन्न मन्दिरमा गएर पशुबलि रोक्नका लागि सचेतनामूलक कार्यक्रम गरिँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्वअध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । उनका अनुसार उक्त सचेतनामूलक कार्यक्रम कुनै सहयोगबिना स्वतःस्फूर्तरूपमा २०७२ सालदेखि गरिँदै आएको छ ।

विसं २०५२ देखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमितरूपमा अभियान सुरु गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?