Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

भ्रष्टाचारीलाई कारबाही हुन्छ, कोही दोषी छुट्दैनन् : प्रधानमन्त्री प्रचण्ड


२३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । प्रधानमन्त्रीले दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले भने, ‘‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’’ प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरीकन काम गर्ने बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?