Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती


२३ वैशाख, पोर्चुगल । २५६७औँ बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रबार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो ।

बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक वेषभूषासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए । शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो । रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता थियो ।

शोभायात्रापछि मार्तिम मुनिजमा आयोजित कोणसभामा पोर्चुगलका बौद्ध धर्मगुरु गिर्मे लामाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभायात्रामा सहभागीलाई धन्यवाद दिँदै बुुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतावासका छविलाल बगालेलगायतले शुभकामना मन्तव्य दिएका थिए । यसअघि शेर्पा किदुग पोर्चुगलको संयोजनमा आन्जुसमा पोर्चुगल तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजापाठसमेत गरिएको थियो ।

विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?