Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

‘सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९’


२३ वैशाख, एजेन्सी । संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ ।

सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।

सन् २०२१ देखि २०२२ सम्ममा अमेरिकाको मृत्युदर ५.३ प्रतिशतले घटेको छ ।

अफ्रिकी अमेरिकी र अलास्कामूलका बासिन्दामा समग्र मृत्युदर र कोभिड–१९ सँग सम्बन्धित मृत्युदर सबैभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

“अस्थायी मृत्यु अनुमानले मृत्युदरको प्रवृत्तिमा परिवर्तनको प्रारम्भिक सङ्केत प्रदान गर्दछ र कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित मृत्युसहित मृत्युदर घटाउने उद्देश्यले सार्वजनिक स्वास्थ्य नीति र हस्तक्षेपहरूलाई मार्गदर्शन गर्न सक्छ,” रिपोर्टमा भनिएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?