काठमाडौँ। रसुवाका सांसद एवं नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको बताएका छन् । उनले गतवर्ष आएको बाढीभन्दा यस पटकको बाढी ठूलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धाँदिङमा ठूलो क्षति गरेको बताएका हुन् हो । बुधवार पत्रकारहरुसँग सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि कुरा गर्दै उनले
काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो । छलफलपछि
काठमाडौँ। रसुवामा आज बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र साहले बोलाउनुभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पु¥याएको पछिल्लो क्षतिको विवरणबारे विस्तृत ब्रिफिङ गरिएको हो । बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित
काठमाडौँ। तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवामा आएको ठूलो बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्राधिकरणकी प्रवक्ता
रसुवा । रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ । बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सरकारले सम्भावित क्षति न्युनिकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ। ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ ल्याइएको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको
काठमाडौं । कामना सेवा विकास बैंकले भदौ ३१ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत (करसहित) नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ १७
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् । मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताएकी छिन् । उनले माटोसुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई
काठमाडौँ। आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो । महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको
काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख