Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एसएमई कर्जा योजना : ५.७५ प्रतिशत ब्याजदरमा ऋण


नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एसएमई कर्जा योजना : ५.७५ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ। ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ ल्याइएको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

यस योजनाबाट व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा लिन सक्नेछन्। बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?