Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढी : उच्च शतर्कता अपनाउन सरकारको आग्रह


रसुवा । रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सरकारले सम्भावित क्षति न्युनिकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न सरोकारवाला निकायहरूलाई निर्देशित गरेको हो । विशेष गरी रसुवा र नुवाकोट जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष शतर्कता अपनाउन अनुरोध गरिएको छ । नदी किनार, पहिरोको जोखिम भएका स्थानहरूमा नजान र अत्यावश्यक बाहेकका यात्रा नगर्न समेत सचेत गराइएको छ । स्थानीय प्रशासन र आधिकारिक निकायहरूबाट जारी हुने सूचना र चेतावनीको पूर्ण पालना गर्न नागरिकहरूमा अपिल गरिएको छ । तिब्बततर्फबाट ठूलो बाढी आएको बताइएको छ ।

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?