Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

मुलुकलाई समृद्ध बनाउन हरित ऊर्जा र विद्युतीय सवारीमा जोड दिनुपर्छः उपराष्ट्रपति यादव


काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गरेका छन् । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उनको विश्वास छ । अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक भएको चर्चा गर्दै उनले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको बताएका छन् । विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उनले उल्लेख गरेका छन् । साथै, कार्बन उत्सर्जन न्युन गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न ‘ईभी’ प्रविधि निर्णायक सावित हुने उनको भनाइ छ । वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि नीतिगत स्थायित्व र चार्जिङ स्टेशन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनको सुझाव छ । उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकास र यसबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने बताएका छन् । नयाँ सोच र स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको लहर सिर्जना गर्न नाडा अटो शोले योगदान पु¥याउने उनले अपेक्षा गरेका छन् । स्वदेशी कच्चा पदार्थमा आधारित अटोपाट्र्स उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन उहाँले व्यवसायीहरूलाई आग्रह गरेका छन् । उपराष्ट्रपति यादवले भने, ‘हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तिब्र गतिमा अघि बढिरहेका छौँ । यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो ।’ नाडाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताएका छन् ।

काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गरेका छन् । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उनको विश्वास छ ।

अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक भएको चर्चा गर्दै उनले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको बताएका छन् । विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उनले उल्लेख गरेका छन् । साथै, कार्बन उत्सर्जन न्युन गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न ‘ईभी’ प्रविधि निर्णायक सावित हुने उनको भनाइ छ ।

वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि नीतिगत स्थायित्व र चार्जिङ स्टेशन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनको सुझाव छ । उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकास र यसबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने बताएका छन् । नयाँ सोच र स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको लहर सिर्जना गर्न नाडा अटो शोले योगदान पु¥याउने उनले अपेक्षा गरेका छन् । स्वदेशी कच्चा पदार्थमा आधारित अटोपाट्र्स उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन उहाँले व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति यादवले भने, ‘हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तिब्र गतिमा अघि बढिरहेका छौँ । यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो ।’

नाडाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?