Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

रसुवा बाढीः प्रधानमन्त्री कार्यालयमा विपद् व्यवस्थापन परिषद्को बैठक, उद्धार र राहतमा जुट्न निर्देशन


काठमाडौँ। रसुवामा आज बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र साहले बोलाउनुभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पु¥याएको पछिल्लो क्षतिको विवरणबारे विस्तृत ब्रिफिङ गरिएको हो । बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

ब्रिफिङ पश्चात प्रधानमन्त्री शाहले आगामी कदमका सम्बन्धमा सरोकारवाला सबै निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । उनले विपद्को यस घडीमा बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकहरूको प्रभावकारी उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक जुट्न सबैलाई आह्वान गरेका छन् । सरकारले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै राहत र पुनस्र्थापनाका कार्यलाई तिब्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?