Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


रोकियो नागढुङ्गामा सुरुङ खन्ने काम

२२ चैत्र, काठमाडाैँ । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

२२ चैत्र, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका

मेरो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ छैन : सर्वेन्द्र खनाल

२२ चैत्र, तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन् । तनहुँ - १ बाट उम्मेदवारी दिएका खनालले बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उक्त कार्यक्रममा उनले भने, 'यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

२२ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा

रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने

२२ चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि परेका ४ मध्ये युवराज पौडेल 'सफल'को उजुरी नलाग्ने भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले दिएको उजुरी मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको

अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ

२२ चैत्र, एजेन्सी । पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

२२ चैत्र, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती

हनुमानगढीमा हनुमान जयन्ती सुरु

२२ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा

मुख्यमन्त्री गिरीले निरीक्षण गरे प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थल

२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ ।

आयुर्वेद उपचारमा बढ्दै आकर्षण

२२ चैत्र, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५०

सम्वन्धित समाचारहरु