Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रवि लामिछानेका सवारी चालक थापाको आज अन्त्येष्टी गरिने


२० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको आज अन्त्येष्टी गरिने भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएका थापाको आज अन्त्येष्टी गरिने भएको हो ।

मंगलबार २ बजेतिर उनको निधन भएको थियो ।

गत वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर थापा सिकिस्त घाइते भएका थिए । पहिले चितवन मेडिकल कलेजमा उपचार गरिएता पनि थप उपचारका लागि उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट रवि लामिछाने सांसदमा निर्वाचित भएका छन् । लामिछानेको चुनावी कार्यक्रममा थापा अहोरात्र खटिएका थिए ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?