Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

केन्याले सुडानबाट ४०९ नागरिकलाई स्वदेश फर्कायो


२० वैशाख, एजेन्सी । केन्याले अप्रिल १५ मा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म सुडानबाट चार सय नौ जना नागरिकलाई बाहिर निकालेको छ ।

सरकारी अधिकारीले मङ्गलबार जनाएअनुसार विदेश र डायस्पोरा मामिला मन्त्रालयका सचिव अल्फ्रेड मुटुआले केन्याको राजधानी नैरोबीमा पत्रकार सम्मेलनमा सो बारे जनाकारी दिएका हुन् ।

निकासी प्रक्रिया अझै खुला छ र हामीले सुडानमा एउटा टोली राखेका छौँ, जसले सुडान छोड्न इच्छुक केन्यालीहरूसँग नजिकबाट काम गरिरहेको छ, “मुटुआले भनेका छन् ।

उनले पूर्वी अफ्रिकी राष्ट्रले सुडानमा केन्यालीहरूलाई सहयोग गर्न स्रोत र प्राविधिक सहयोग पनि जारी राखेको उल्लेख गरेका छन् ।

दक्षिण सुडान र इथियोपियाले पनि केन्यालीलाई आफ्नो सिमाना पार गरेर केन्या पुग्न सहयोग गरेको उनले बताए ।

सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको झडपमा मृत्यु हुनेको सङ्ख्या पाँच सय पुगेको र हजारौँ घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?