Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि, १० विदेशी कम्पनीको सहभागिता


२० वैशाख, चितवन । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो ।

उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । औद्योगिक मेसिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जीनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिने छन् ।

कक्ष बुकिङलगायत तयारीको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विभिन्न राष्ट्रका आधुनिक प्रविधि र उत्पादन, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यावसायिक उत्पादक प्रदर्शनीको अवलोकनकर्ताका रूपमा रहने अध्यक्ष कँडेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर तथा नेपाल उद्योग परिसङ्घका तर्फबाट ‘मेक इन नेपाल’ स्वदेशी अभियान विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्न लागिएको छ ।

आधुनिक प्रविधिको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान–प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि दुई करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । अध्यक्ष कँडेलले उद्यमी जन्माउनका लागि प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?