Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता, हवाई सेवा सञ्चालनबारे छलफल


१० वैशाख, कम्बोडिया । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वाेत्तर दुई देशका बीचकाे शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ। अध्यक्ष तिमिल्सिनाले दुई तिहाइभन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए।

नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण गन्तव्य हो।गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ उनले भने। कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए ।

गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुवै जनाको थियो।नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदानप्रदान गर्न पनि दुईपक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको छ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?