Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ। क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । खेलहरू १० ओभरका हुनेछन्

प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त अधिकार सुरक्षित गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अधिकारसँगै जिम्मेवारी भुल्न नहुने बताए । उनले अधिकारको कुरा पनि उठाउनुपर्ने तर आफ्नो जिम्मेवारी भुल्न नहुने स्मरण गराए ।

निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौँ। संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार

दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल,

नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्ड जस्ता भएः उपमहासचिव शर्मा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कम्युनिष्ट पार्टीहरुभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरु नै हराउँदै गएको उनको

जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा

खेलाडीमा धेरै थकान हुँदा प्रदर्शन राम्रो भएनः प्रशिक्षक याम गुरुङ

काठमाडौँ। नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् । बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् ।

तीन गोल खाँदा पनि फर्कने आत्मविश्वास थियोः मिना देउवा

काठमाडौँ। यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् । आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो

कर्णाली–सुदूरपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवासका लागि ३ अर्ब ९५ करोडको राहत वितरण

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी निजी आवास र्निर्माणका लागि राहत वितरण कार्य सम्पन्न भइसकेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले कर्णाली र सुदूरपश्चिमका भूकम्प प्रभावित जिलामा कुल ३ अर्ब ९५ करोड ६५ लाख ५०

एमाले केन्द्रिय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा ल्याउन नहुने मत बलियो

काठमाडौँ। नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ । केन्द्रिय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताहरुले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका हुन् । उनीहरुले गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक विषय मात्रै नभएको बताए ।

सम्वन्धित समाचारहरु