Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।

१६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो । सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शिर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिएका छन् । उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताएका छन् ।

८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए । सन्देश सभामा ४० हजार बढीको ८ वटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ । सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?