Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।

१६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो । सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शिर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिएका छन् । उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताएका छन् ।

८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए । सन्देश सभामा ४० हजार बढीको ८ वटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ । सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?