Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रमः फर्च्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै


लुम्बिनी। लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ ।

‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो । आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा बढी सहभागी उपस्थित हुनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिएका छन् ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् । कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र संसारकै एक मात्र अवशिष्ट रामग्राम स्तुपामा केन्द्रित हुनेछ । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिए । कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उनले बताएका छन् । उनले नेपालको वर्तमान अवस्थाको सेफल्याण्डिङ लुम्बिनीबाट गरि उज्वल भविष्य निर्माण गर्ने, विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याण सम्बन्धी उच्च–स्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुनेछन् । यस्तै डिसेम्बर १२ मा रामग्राम स्तुपामा आयोजना हुने दीप प्रज्वलन समारोहमा हजारौँ दीप प्रज्वलित गर्दै विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ । विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि शुरु भएको हो । तेस्रो संस्करणमा २५ जना विश्व अर्बपति उपस्थिति हुने कारण नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा समेत व्यक्त गरिएको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?