Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मंसिर १७ देखि पाटनमा हस्तकला प्रदर्शनी हुने


ललितपुर। नेपाल हस्तकला महासंघले हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ ।

महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिएका छन्  । नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उनले बताए  । उनले हस्तकला क्षेत्रले धेरै रोजगारी दिएको र राजस्व संकलनमा पनि ठूलो योगदान दिएको उल्लेख गरेका छन्  । उनले स्थानिय उत्पादनलाई स्थानिय तहमा नै खपत गर्नको लागि महानगरको वडा नम्बर १६ सँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

उनकाअनुसार हस्तकला प्रदर्शनीमा करिव २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहनेछन् । प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलाबा ललितपुर महानगरपालिका वडा नं १६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातिय पोशाक प्रदर्शनी र सोही वडाको सास्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको प्रश्तुति गरिने उहाँले जानकारी दिनुभयो । महासंघले कोरियास्थित इमाको संस्थाको सहकार्यमा मुखौटा प्रदर्शनी समेत गर्ने उहाँले जानकारी दिनुभयो । मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मुखौटा राखिनेछ ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले वडा नम्बर १६ हस्तकला क्षेत्रको हव भएको बताएका छन् । उनले वडामा हस्तकला महासंघसंग मिलेर कला संस्कृतिको क्षेत्रमा वडाले विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले प्रदर्शनीको मुख्य उद्देश्य भनेको वडाभित्र रहेका कला, संस्कृति, सभ्यतालाई प्रवद्र्धन र संर्वद्धन गर्नु रहेको बताएका छन् । लोप हुन लागेको कला संस्कृतिलाई प्रदर्शनी गर्ने उनको भनाई छ । कला र संस्कृतिको माध्यामबाट पर्यटन प्रवद्धन गर्ने पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताएका छन् ।

प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु पनि राखिने महासंघले जनाएको छ । महासंघ र ललितपुर महानगरपालिका वडा नं १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा हुने प्रर्दशनीको बुधवार ललितपुर दरबार स्क्वायरस्थित कार्तिक डबलीमा उद्घाटन हुनेछ । प्रदर्शनी अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था रहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?