Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

मंसिर १७ देखि पाटनमा हस्तकला प्रदर्शनी हुने


ललितपुर। नेपाल हस्तकला महासंघले हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ ।

महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिएका छन्  । नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उनले बताए  । उनले हस्तकला क्षेत्रले धेरै रोजगारी दिएको र राजस्व संकलनमा पनि ठूलो योगदान दिएको उल्लेख गरेका छन्  । उनले स्थानिय उत्पादनलाई स्थानिय तहमा नै खपत गर्नको लागि महानगरको वडा नम्बर १६ सँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

उनकाअनुसार हस्तकला प्रदर्शनीमा करिव २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहनेछन् । प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलाबा ललितपुर महानगरपालिका वडा नं १६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातिय पोशाक प्रदर्शनी र सोही वडाको सास्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको प्रश्तुति गरिने उहाँले जानकारी दिनुभयो । महासंघले कोरियास्थित इमाको संस्थाको सहकार्यमा मुखौटा प्रदर्शनी समेत गर्ने उहाँले जानकारी दिनुभयो । मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मुखौटा राखिनेछ ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले वडा नम्बर १६ हस्तकला क्षेत्रको हव भएको बताएका छन् । उनले वडामा हस्तकला महासंघसंग मिलेर कला संस्कृतिको क्षेत्रमा वडाले विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले प्रदर्शनीको मुख्य उद्देश्य भनेको वडाभित्र रहेका कला, संस्कृति, सभ्यतालाई प्रवद्र्धन र संर्वद्धन गर्नु रहेको बताएका छन् । लोप हुन लागेको कला संस्कृतिलाई प्रदर्शनी गर्ने उनको भनाई छ । कला र संस्कृतिको माध्यामबाट पर्यटन प्रवद्धन गर्ने पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताएका छन् ।

प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु पनि राखिने महासंघले जनाएको छ । महासंघ र ललितपुर महानगरपालिका वडा नं १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा हुने प्रर्दशनीको बुधवार ललितपुर दरबार स्क्वायरस्थित कार्तिक डबलीमा उद्घाटन हुनेछ । प्रदर्शनी अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था रहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?