Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पार्टीको एघारौँ महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिन चाहन्छौः शंकर पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् । एमाले सो महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाई थियो । उनले सो सभामार्फत एमालेले ठूला दलहरुको पक्षमा जनमत छन भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरु सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरेका छन्।

उनले भने, ‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छौ  । वास्तवमा नेपालका प्रमुख दलहरुसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छाँै । त्यो प्रतिगमन विरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ । र त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । संघर्ष र उत्सवको एउटा क्लाईमेक्सको रुपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौ । म देशभरका जनताका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सम्पूर्ण नेपाली जनतालाई नेकपा एमालेको त्यो उद्घाटन सत्रमा आमन्त्रण गर्न चाहन्छु ।’

महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको समेत बताएका छन्।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?