Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जितका लागि पर्याप्त लक्ष्य थियोः डेविड मालन


काठमाडौँ। पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

चितवनले राम्रो लक्ष्य प्रश्तुत गरे पनि बलिङमा साथ नपाउँदा जनकपुर बोल्ट्ससँग हार सामना गर्नुपरेको थियो । खेलपछि पत्रकार सम्मेलनमा मालनले आजको खेलमा ओपनिङ साझेदारी परिवर्तन गर्ने निर्णय सही भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसकेको बताए । विदेशी खेलाडीबाट सबैले आशा गरेअनुरुप रवि बोपाराले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे । उनले आज आफ्नो पनि राम्रो प्रदर्शन गर्न आउँदा खुशी लागेको बताए । आगामी दुई खेल जित्दा प्लेअफ पुग्ने सम्भावना रहेको उनले बताए । आगामी खेलमा जित निकाल्न मेहनत गर्ने उनले उल्लेख गरे ।

जनकपुरका कप्तान अनिल साहले आफ्नो रनको खाता र टिमको जितको खाता खोल्न पाउँदा खुशी लागेको बताए । लगातार पहिलो चार खेलमा हारका कारण आजको खेलमा जित आवश्यक रहेको र नतिजा पनि निस्कदा टोलीको मनोबल बढ्ने उनको आशा छ । आजको खेल छिटै जितेकाले नेट रनरेट पनि सुधार हुने उनले उल्लेख गरे । बाँकी दुई खेल जितेपछि मात्र प्लेअफबारे सोध्ने उनको भनाइ छ । यो वर्ष घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट पनि धेरै नखेलेकाले आजको प्रदर्शन पर्खाइमा रहेको उनी बताउँछन् । पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महशुस गरेको उनले स्वीकार गरे । आज टिम ब्याक गर्दा रन पनि निस्किनु आफ्ना लागि खुशीको क्षण रहेको उनको भनाइ छ । कप्तानको जिम्मेवारीबाट हटे पनि खेल्ने भने इच्छुक रहे पनि टिमको आवश्यकता अनुरुप बाहिर रहेको उनी बताउँछन् । टिममा अनुभवी खेलाडीहरू धेरै रहेकाले खराब प्रदर्शन हुँदा बाहिर राख्नु स्वभाविक रहेको उनको बुझाइ छ । आज प्रदर्शन गर्न नसकेको भए आफ्ना लागि झन् कठिन हुनसक्ने उनी बताउँछन् । आजभन्दा अघिल्ला खेलमा धेरै मेहनत गरे भने रन ननिस्केको उनले उल्लेख गरे । टिमको प्रदर्शन राम्रो नहुँदा समर्थकमा पनि निराशा छाएको उनी बताउँछन् ।

जनकपुरका समर्थक जहाँ रहे पनि खेल हेर्ने उनको विश्वास छ ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?