Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

सर्वाेच्चले संविधान विपरित मधेस प्रदेशको मुख्यमन्त्री सम्बन्धि फैसला गर्‍योः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने सर्वोच्च अदालतको आदेश संविधान विपरित ढंगले आएको जिकिर गर्दै ओलीले आपत्ति जनाएका हुन् । मंगलवार पार्टीको वन तथा वातावरण विभागले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो फैसला संविधान र कानून हेरेर नभई व्यक्ति/समूहको अनुहार हेरेर आएकाले आफू आश्चर्यचकित भएको टिप्पणी गरेका छन् । उनले अदालतले परिस्थिति, मान्छे हेरेर नभई संविधान, कानून र न्याय हेरेर फैसला गर्नुपर्ने समेत स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले अदालतले आफ्नो र संविधानको मर्यादा कायम गर्न वाञ्छनीय हुने पनि बताए । संविधानले ३० दिनभित्र विश्वासको मत लिने पाउने व्यवस्था स्पष्ट गरेपनि सर्वोच्च अदालतले त्यस विपरित एक महिना नपुग्दै २४ घण्टाभित्र विश्वासको मत लिन मधेस प्रदेशको मुख्यमन्त्रीलाई दिएको परमादेश कुनै हिसावले पनि सही नभएको ओलीको भनाई थियो ।

उनले भने, ‘एउटा देशमा विचित्रको कस्तो मानसिकता बनेको छ भने मान्छे हेरेर पार्टी हेरेर, समूह हेरेर, के के हेरर, कानून हेरेर होइन । त्यो हेरेर फैसला गर्ने अदालतको समेत त्यो परिपाटी देखिन्छ । म सम्मानित सर्वोच्च अदालतको हिजोको एउटा फैसला सम्झन चाहन्छु यसमा । संविधानले, संविधानको धारा १६८ को प्रदेश स्तरमा भन्ने हो भने १६८ को धारा २ को होस वा ३ को होस् । अथवा ५ को होस । त्यो मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मति लिनुपर्छ । ३० दिन भित्र विश्वासको मत लिनुपर्छ भनेर संविधानले भनेको छ । हिजो सम्मानित सर्वोच्च अदालतबाट एक महिना पुग्न ४ दिन बाँकि होला । संविधानले ३० दिनको समय दिन्छ । ३० दिन भित्र विश्वासको मत लेउ भन्छ । सम्मानित सर्वोच्च अदालतबाट २४ घण्टाभित्र लेउ भन्छ । म सुन्दा आश्चर्य चकित भएँ । संविधानले ३० दिनको म्याद दिन्छ । ४ दिनपछि ३० दिन पुग्दैछ । ३ दिन वर तान्नका लागि सम्मानित सर्वोच्च अदालतले संविधान विपरित २४ घण्टाको परमादेश कुन धाराको आधारमा । आवश्यक्ताको सिद्धान्त भनेको त्यही हो कि । म अदालतलाई पूरा सम्मान गर्छु । अदालतको निर्णय हामी कार्यान्वयन पनि गर्छौं । तर मेरो आग्रह कति हो भने सम्मानित अदालतबाट पनि खुद आफ्नै मर्यादा संविधानको मर्यादा कायम हुनु बाञ्छनीय हुन्छ । परिस्थिति हेरेर, मान्छे हेरेर, अनुहार हेरेर कुनै हिसावले फैसला होइन, संविधान, कानून र न्याय हेरेर फैसला गरिनु पर्दछ । संविधान विपरितको फैसला यो सधै फेरी एमालेकै भागमा पर्छ त्यस्तो फैसला । यो मैले अदालतको मानमर्यादा तलमाथि पार्न खोजेको होइन ।’

त्यस अवसरमा अध्यक्ष ओलीले सत्य बोल्नेहरुलाई एमालेको झोले भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?