Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

समाचार


गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ

काठमाडौँ। जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका छन् । उनले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने

विदेशमा रहेका नेपालीले पनि अनलाइन मतदाता नामावली दर्ता गर्न सक्ने:रामप्रसाद भण्डारी

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन् । जेन–जी प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिंदै अहिले धेरै नागरिकहरुले नेशनल आइडी कार्ड बनाइसकेकाले

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की

काठमाडौँ। नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन स्थापनासँगै आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने सरकारको जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। सिंहदरबारमा बिहीवार आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह ग्रहण गरेपछि आफ्ना धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले निर्वाचनको सफल व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकता हुने बताए। उनले

दर्ज्यानी चिह्न लगाएपछि बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउँदै भावुक बनेका छन्। गृह मन्त्रालयमा सचिव रामेश्वर दंगालले उनलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सम्बोधनको सुरुमै कार्कीको गला अवरुद्द भएको थियो  “म सर्वप्रथम राष्ट्र र नागरिक सेवामा वीरगति प्राप्त गर्नुभएका...” भन्नेबित्तिकै आँखा रसाए। ३० वर्षे सेवा अवधिपछि अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ

८ प्रतिशत नगद लाभांश दिदै ग्लोवल आइएमइ बैंक

काठमाडौँ। ग्लोवल आइएमई बैंकले आफ्ना शेरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने भएको छ । १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट

स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर

काठमाडौँ। नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रा.लि.ले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीवार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् ।

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता

काठमाडौँ। ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो । ५० दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा

राज्यको मौनतामाथि झलनाथको चोटिलो प्रश्नः घाइते प्राध्यापक रविलक्ष्मी उपचार योग्य छैनन् र?

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेन–जी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहनुभएकी चित्रकार गम्भीर घाइते भएकी र अहिले अस्पतालमा उपचाररत रहेकी

जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैनः सुदन गुरुङ

काठमाडौँ। जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । उनले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग

दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग

काठमाडौँ। नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ । सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराईएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिएका छन् । प्रसाईं समूहले नेपालको

सम्वन्धित समाचारहरु