Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत होः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन्  । आईतवार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्  । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताए

कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौँ । निजी क्षेत्र र कलाकारहरुले कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा कर्णाली चलचित्र महोत्सवबारे आयोजित कार्यक्रममा बोल्दै कलाकार र निजी क्षेत्रका प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् । उनीहरुले कर्णाली, कृषि, पर्यटन, उर्जा र जडिबुटीको खानी रहेकाले कर्णालीमा लगानी गर्नसके राज्यलाई आर्थिक फाइदा हुने

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर

१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरले १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताएका छन्  । आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजितक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्  । उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर

स्पष्ट निरोधात्मक नीति आवश्यक छः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरुको संख्या बढिरहेको बताएका छन् राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताएका छन्  । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंलाए 

महासंघमा अध्यक्ष ढकालको डेढ वर्षः लगानी प्रवर्द्धन र नीतिगत सुधारमा सक्रियता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेको डेढ वर्षमा लगानी प्रवद्र्धन र नीतिगत सुधारमा सक्रियता देखिएको छ । ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार शुरु गरेसँगै राज्यले बनाउने हरेक नीतिगत व्यवस्था, ऐन,कानून र व्यवसायीहरुका समस्या समाधानमा भुमिका खेलेको देखिएको हो । अध्यक्ष ढकाल नेतृत्वको महासंघले पछिल्लो डेढ वर्षमा सरकार

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षमा शर्माको उम्मेदवारी

काठमाडौँ। नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्नुहुने भएकी छिन् । आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले)

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौँ। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० चौखेढुङगास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २७ वर्षीय निशान्त खत्री र २५ वर्षीय राजन सिग्देल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत

ग्यास बुलेट दुर्घटना अपडेट : चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको  दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट

एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित

काठमाडौँ। हर्ष ठाकेरको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्टले लगातार चौथो जित हात पारेको छ । जितमा जनकपुर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले जित नजिक पुगेपनि खराब ब्याटिङको कारण १ रनको झिनो अन्तरको हार व्यहोर्न बाध्य भयो । लगातारको चौथो हारमा लुम्बिनीको प्ले अफमा

सम्वन्धित समाचारहरु