Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षमा शर्माको उम्मेदवारी


काठमाडौँ। नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्नुहुने भएकी छिन् ।

आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो । उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गरिन्। उनले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताइन् । उनले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उनको भनाइ छ । उनले व्यावसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै सबै संस्थाहरुको साझा उद्देश्य रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘पत्रकारितामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेप्रति म विश्वास गर्दिन । म जहिले पनि एउटा लड्ने सिपाही हो । पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने सुनिश्तिता मेरो टिमले गर्छ तपाई विश्वस्त हुनुस् । हामी जुन संगठनबाट आएपनि त्यो एउटा व्यवसायिक पत्रकारहरुको संस्था हो । तर हामी महासंघमा राजनीति गर्न जान लागेका होइनौं । श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दाहरु उठाउँछौं । उहाँहरुको पेसागत सुरक्षा गर्नको लागि हामी एक भएर लाग्नेछौं । संस्थाले जुन विश्वास गरेर मलाई पठाउनुभएको छ त्यो विश्वास दिलाएर छोड्नेछु । विश्वासघात गर्न जान्दिन । प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध देशभरीका साथिहरुको सुझावको आधारमा पत्रकार महासंघमो मेरो नेतृत्वमा गएको संस्थाले काम गर्छ । प्रेस चौतारी र प्रेस युनियनमा बस्ने साथिहरुको मुद्दा एउटै त हो नि । व्यवसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै हाम्रो उद्देश्य हो नि त । अहिलेको पत्रकरीतामा व्यवसायीकता र जवाफदेहीताको एकदमै खाचो छ । त्यो पुरा गर्नु हामी सबैको जिम्मेवारी हो ।’

आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्नुपर्ने उनको भनाइ छ । महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन् । सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?