Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताएका छन्  । उनले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताए  । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने , ‘सदको बैठक बस्दा हामीले निर्णयहरु नराम्रा हामीले गर्दैनौं । कम्तिमा पनि जनाता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरु गरिरहेका हुन्छौं । नराम्रो निर्णय त हामी गर्दै गर्दैनौं । कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ । अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौं भनेर नि भन्छौं । मदेखि हामी सबैहरु आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहीँ भन्न सक्दैनौं । संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ । संसदलाई प्रभावकारी बनाउन गर्नुपर्ने आवश्यक कामहरु हामीले उजागर गर्न नसकेका कामहरु उजागर गरे मात्र सक्छौं । निर्णय गरिएका कुरालाई प्रचारमा लाने कुरालाई भन्दा निर्णय गरेका कुरा व्यवहारमा लागू गर्न नसकेको कारणसहित गर्न नसकेका आँट र हिम्मत हामी सबैमा हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसो गर्न सकेमात्र संसद संसदको भुमिकालाई प्रभावकारी बनाउन सकिन्छ ।’

उनले संसद चलाउने क्रममा भएका गल्तिहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तिहरु नदोहार्‍याउने  प्रतिवद्धता गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताए  । उनले सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसावले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानून निर्माणमा ध्यान दिन जरुरी रहेको बताए  । अधिकांश सांसदहरु कानून निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उनले सिद्धान्ततः कानून निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पारे ।

उनले भने , ‘यो संसद सेवामा कार्यपालिका र मन्त्रालयको जस्तो कर्मचारीको कामले पुग्दैन । यो सेवा प्रत्यक्ष जनातासँग जोडिएको जस्तो पनि नदेखिने तर यहाँ सबै सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हुनाले अप्रत्यक्ष हिसाबले हामी फेरि जनतासँगै जोडिएका छौं । अहिले जसरि सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस बनेको छ । यसको सैद्धान्तिक पक्ष के हो भन्ने कुरा महत्वपूर्ण पक्ष हो । जनप्रतिनिधिले जितेको क्षेत्रका जनतासँग धेरै प्रतिबद्धताहर गरेर आएको हुन्छ । विकास निर्माणमा नजोडिने कुरा त हुँदै हुँदैन । तर सिद्धान्ततः हामी कानून निर्माण गर्छौं । कानून निर्माणमा पनि सांसदहरु कति स्वायत्त हुन्छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।  निर्वाचित भइसकेपछि निर्वाचित भएपछि म यो काम गर्छु भनेर निर्वाचनमा भाग लिएको हुन्छ । उनीहरु आएपछि हाम्रो राष्ट्रिय परिस्थिति अनुकुलताको छैन होला । तर सांसदहरु खासगरि आफ्नो नीतिअनुसार विधेयकहरु निर्माण गर्नुपर्छ । यो टेक्निकल पाटो हो । तर कुन नीतिअनुसार हामी विधेयक निर्माण गरिरहेका छौं भन्ने कुरा सांसदहरुको लागि प्रमुख कुरा हुन्छ ।’

संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भुमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?