Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित


काठमाडौँ। हर्ष ठाकेरको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्टले लगातार चौथो जित हात पारेको छ । जितमा जनकपुर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

लुम्बिनीले जित नजिक पुगेपनि खराब ब्याटिङको कारण १ रनको झिनो अन्तरको हार व्यहोर्न बाध्य भयो । लगातारको चौथो हारमा लुम्बिनीको प्ले अफमा पुग्ने सम्भावना गणितिय आधारमा मात्र बाँकी छ । जितको लागि १३७ रनको सहज लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन । २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो । ओपनर आशुतोष घिरोहिया ८ रनमा र अर्जुन साउद २० रनमा आउट हुँदा लुम्बिनीले ६४ रन बनाएको थियो । १५ ओभर ४ बलमा कप्तान रोहित पौडेल ३५ रनमा आउट हुँदा लुम्बिनीले १०५ रन बनाइसकेको थियो । बाकी २६ बलबाट ३२ रन जोड्नु थियो । लुम्बिनी बलियो अवस्थामा थियो । तर पनि लुम्बिनीले जित निकाल्न सकेन ।

जनकपुरको लागि हर्ष ठाकेरले १८ औं ओभरमा टम मोरस र जेममस निशमलाई आउट गरे । १९ औं ओभरमा किशोर महतोले बेन कटिङलाई पबिलियनको बाटो देखाइदिए । यो ओभरमा सन्दीप जोराले एक छक्का र चौका प्रहार पनि गरे । अन्तिम ओभरमा ९ रन जरूरी थियो । तर पहिलो बलमा नै हर्षले साद बिन जफरलाई आउट गरे । यसपछि ५ बल सकिँदा ७ रन बनाउँदा अन्तिम बलमा लुम्बिनीलाई जितको लागि २ रन र बराबरीको लागि १ रन जरूरी थियो । जहाँ सन्दीप जोरा ठूलो सट खेल्ने क्रममा किशोर महतद्वारा क्याच आउट भए । योसँगै लुम्बिनी १ रनले पराजित भयो ।

टियु मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोज्यो । जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३६ रन बनायो । यो खेलमा अघिल्ला तीन खेलमा भन्दा लुम्बिनीले बलिङमा राम्रो प्रदर्शन गर्यो । कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरू मिलान्थाले २४ रन, शुभ कंसाकारले अविजित २२ रन जोड्दा आशिफ शेखले १६ रन बनाए । यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा जारी एनपिएलमा पहिलो खेल खेलेका अविशेष गौतमले ३ विकेट लिए । साद बिन जाफर र रोहित पौडेलले समान २/२ विकेट लिए । जनकपुर ४ खेलमा ४ जितसहित ८ अंक बनाएर लिगको शिर्ष स्थानमा उक्लियो ।

चार खेलमा लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?