Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड


काठमाडौँ । निजी क्षेत्र र कलाकारहरुले कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा कर्णाली चलचित्र महोत्सवबारे आयोजित कार्यक्रममा बोल्दै कलाकार र निजी क्षेत्रका प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् । उनीहरुले कर्णाली, कृषि, पर्यटन, उर्जा र जडिबुटीको खानी रहेकाले कर्णालीमा लगानी गर्नसके राज्यलाई आर्थिक फाइदा हुने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले सनेमामा काम गर्ने व्यक्तिले कहिले पनि कुनै ठाउँलाई अवहेलना नगर्ने बताए  । उनले  जति पुरानो ठाउँ भयो त्यति नै चलचित्रलाई कथाहरु पाउनका लागि महत्वपूर्ण हुने बताए  । उनले कर्णाली चलचित्र निर्माण र छायांकनका दृष्टिकोणले महत्वपूर्ण रहेको बताए  ।

नले भने , ‘सिनेमामा काम गर्ने व्यक्तिको हैसियतले हामी कहिले पनि कुनैपनि ठाउँलाई अवहेलना गर्दैनौँ । हाम्रो लागि जति पुरनो, जति ऐतिहासिक, जति पछि राखिएको ठाउँ हुन्छ, उति नै महत्वपूर्ण हुन्छ । किनभने त्यहाँका कथाहरु छोइएका हुँदैनन् ।’ 

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीमा बनाइएका चलचित्रहरु उत्कृष्ट बनिरहेको बताए । उनले कथा र पात्रहरु नयाँ भेटिने र त्यसलाई आम दर्शकले पनि मन पराउने गरेको बताए । उनले कर्णालीका धेरै ठाउँहरु चिनाउन बाँकी रहेको बताए  ।

उनले भने , ‘कर्णालीमा बनाइएका फिल्म क्यारेक्टरवेश र कथावेश फिल्म बनिरहेको छ । कर्णालीमा नयाँनयाँ कथा र चरित्रहरु भेटिन्छ । धेरै ठाउँहरु पर्दामा आएकै छ्रैनन् । चिनाउन धेरै ठाउँ बाँकी नै छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रले लगानी बढाइरहेको बताए  । उनले कर्णालीको विकास गर्नसके राज्यको आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास व्यक्त गरे । उनले कर्णालीको विकास गर्नसके जडिबुटी, पर्यटन, कृषि र चलचित्र क्षेत्रमा फड्को मार्ने अवस्था रहेको बताए  ।

उनले  भने , ‘चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्र पनि लागिरहेको छ । कर्णालीको विकास गर्ने हो भने राज्यको अवस्थामा सुधार आउँछ । त्यहाँ लगानी बढाउनुपर्छ । अहिले भइरहेको व्यापार घाटा, निजी क्षेत्र धराशायी भइरहेको छ । यस्तो बेलामा कर्णालीमा उर्जा, जडिबुडी र कृषिमा लगानी बढाउनु पर्छ । हामीले पर्यटकहरु बढाउन सकिन्छ, त्यहाँको हरेक विकास हुन्छ, आर्थिक रुपमा परिचालन गर्नसक्छौँ । चलचित्रको लागि राम्रो ठाउँ पनि छ ।’ 

उनले कर्णालीको विकाससँगै आर्थिक रुपमा सबल बन्न सकिने र पर्यटकहरु बढाउन सकिने बताए  ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?