Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड


काठमाडौँ । निजी क्षेत्र र कलाकारहरुले कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा कर्णाली चलचित्र महोत्सवबारे आयोजित कार्यक्रममा बोल्दै कलाकार र निजी क्षेत्रका प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् । उनीहरुले कर्णाली, कृषि, पर्यटन, उर्जा र जडिबुटीको खानी रहेकाले कर्णालीमा लगानी गर्नसके राज्यलाई आर्थिक फाइदा हुने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले सनेमामा काम गर्ने व्यक्तिले कहिले पनि कुनै ठाउँलाई अवहेलना नगर्ने बताए  । उनले  जति पुरानो ठाउँ भयो त्यति नै चलचित्रलाई कथाहरु पाउनका लागि महत्वपूर्ण हुने बताए  । उनले कर्णाली चलचित्र निर्माण र छायांकनका दृष्टिकोणले महत्वपूर्ण रहेको बताए  ।

नले भने , ‘सिनेमामा काम गर्ने व्यक्तिको हैसियतले हामी कहिले पनि कुनैपनि ठाउँलाई अवहेलना गर्दैनौँ । हाम्रो लागि जति पुरनो, जति ऐतिहासिक, जति पछि राखिएको ठाउँ हुन्छ, उति नै महत्वपूर्ण हुन्छ । किनभने त्यहाँका कथाहरु छोइएका हुँदैनन् ।’ 

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीमा बनाइएका चलचित्रहरु उत्कृष्ट बनिरहेको बताए । उनले कथा र पात्रहरु नयाँ भेटिने र त्यसलाई आम दर्शकले पनि मन पराउने गरेको बताए । उनले कर्णालीका धेरै ठाउँहरु चिनाउन बाँकी रहेको बताए  ।

उनले भने , ‘कर्णालीमा बनाइएका फिल्म क्यारेक्टरवेश र कथावेश फिल्म बनिरहेको छ । कर्णालीमा नयाँनयाँ कथा र चरित्रहरु भेटिन्छ । धेरै ठाउँहरु पर्दामा आएकै छ्रैनन् । चिनाउन धेरै ठाउँ बाँकी नै छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रले लगानी बढाइरहेको बताए  । उनले कर्णालीको विकास गर्नसके राज्यको आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास व्यक्त गरे । उनले कर्णालीको विकास गर्नसके जडिबुटी, पर्यटन, कृषि र चलचित्र क्षेत्रमा फड्को मार्ने अवस्था रहेको बताए  ।

उनले  भने , ‘चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्र पनि लागिरहेको छ । कर्णालीको विकास गर्ने हो भने राज्यको अवस्थामा सुधार आउँछ । त्यहाँ लगानी बढाउनुपर्छ । अहिले भइरहेको व्यापार घाटा, निजी क्षेत्र धराशायी भइरहेको छ । यस्तो बेलामा कर्णालीमा उर्जा, जडिबुडी र कृषिमा लगानी बढाउनु पर्छ । हामीले पर्यटकहरु बढाउन सकिन्छ, त्यहाँको हरेक विकास हुन्छ, आर्थिक रुपमा परिचालन गर्नसक्छौँ । चलचित्रको लागि राम्रो ठाउँ पनि छ ।’ 

उनले कर्णालीको विकाससँगै आर्थिक रुपमा सबल बन्न सकिने र पर्यटकहरु बढाउन सकिने बताए  ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?