Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


अल–असद सरकारको पतनपछि हजारौं सिरियालीहरू लेबनान पलायन

काठमाडौँ । युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् । बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका छन् । मस्ना नाकामा अझै पनि सयौं मानिसले सीमा पार गर्न पर्खिरहेको बताएका छन्  ।

आजदेखि २ रुपैयाँले पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमल पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । भने डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । निगम सञ्चालक समितिको हिजो भएको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट (www.mfd.gov.np) ह्याक भएको छ । मौसम सम्बन्धि गतिविधिको जानकारी दिने वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

किसानलाई समाजमा सम्मान र कदर गरौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई  कदर गर्न जान्नुपर्ने बताएका छन्  । आईतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् । उनले  समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताए । उनले  किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताए

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्  । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्  । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।

२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा

काठमाडौँ । कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आईतवारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई

तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन

काठमाडौँ । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् । काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन् । उनले कठिन परिस्थितिमा सही निर्णय

भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिइएनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन्  । आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा  पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताएका हुन्  । उनले  भ्रष्टाचारको

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँः उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकि छिन्  । आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएकि हुन् । उनले  देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताईन्  ।

संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन्  । आईतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन् । उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताए । उनले  संविधान संशोधन दुई वटा राजनीतिक

सम्वन्धित समाचारहरु