Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन


काठमाडौँ । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् ।
काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन् । उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे । बलिङ, ब्याटिङ र फिल्डिङमा पनि सतशप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ । उनले पहिलो ३/४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन् । विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनी बताउँछन् ।
कप्तान सन्दीप लामिछाने विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे । केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ । उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन् । सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन् । उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ ।
काठमाडौंका कप्तान करण केसीले १२ औं ओभरभित्र खेल जित्दै प्लेअफमा पुग्न नेट रनरेटमा सुधार गर्ने लक्ष्य भएपनि सफल नभएको बताए । तर, ब्याटिङमा धराशयी हुँदा योजना सफल हुन नसकेको उनले बताए । करणले बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसकेको बताए । उनले इङ्लिस ब्याटरलाई टोलीमा अनुबन्धित गर्नु खराब निर्णय नभएको पनि उल्लेख गरे । तर, पिचको कन्डिसनमा बुझ्न नसक्दा इङ्लिस ब्याटरलाई सहज नभएको उनको भनाइ छ । उनले सुरुमा कर्णाली याक्सलाई बलियो देखे पनि सुदूपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताएका छन् ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?