Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा


काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्  ।

जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्  । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।

प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो । तर खातामा थप दुई रन जोड्दा चार विकेट नै गुमाउँदै पोखरा नतिजा सुम्पिन पुगे  । अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए । एक विकेट रनआउटका रूपमा प्राप्त गरेका थिए  । त्यसअघि १९ औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो ।

आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए । हरमित सिंहले यी दुवै विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन् । डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएका हुन्  । जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लिए  ।

अब सुदूरपश्चिमले लिगकै अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछन्  । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र जोड्न सके  ।

पोखराका ओपनरद्वय आन्द्रियस गौसले ३६ रन र दिनेश खरेलले १५ रन जोडे । गौसले २१ बलमा चार चौका र दुई छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाए । तर कप्तान कुशल भुर्तेल शुन्यमा र दिलीप नाथ १ रनमा आउट भए । तर आठौं ओभरमा आन्द्रियस र ११ औं ओभरमा जेन मलिक १० रनमा पेभेलियन फर्किए ।

यससँगै पोखरामाथि दबाब पर्‍यो  । १० ओभरको खेल सकिँदा ६७/४ को अवस्थामा थिए  । तर त्यसपछि ब्याटिङमा आएका रेइफर्ट र किरण ठगुन्नाले इनिङ समाल्दै जित सम्भावना बढाए पनि सफल भएन । यी दुईले छैटौं विकेटका लागि ७० रनको साझेदारी गरे ।

तर १९ औं ओभमार रेमन र २०औं ओभरमा किरण आउट भए । रेमनले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । किरणले पनि २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । सुदूरपश्चिमको बलिङमा स्कटले ३.५ ओभरमा पाँच विकेट लिए । उनले एक मेडन राख्दै १८ रन मात्र दिए । हरमितले तीन र सैब जैबले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाए  ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएका थिए  । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो ।

ब्रान्डन म्याकमुलन २३, कप्तान दीपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हरमित १३ र ईशान पाण्डे १० रन बनाए । पोखराको बलिङमा कप्तान कुशलले दुई विकेट लिए । रेमन, सागर ढकाल र लिस्कले समान एक विकेट निकाले ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?