Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा


काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्  ।

जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्  । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।

प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो । तर खातामा थप दुई रन जोड्दा चार विकेट नै गुमाउँदै पोखरा नतिजा सुम्पिन पुगे  । अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए । एक विकेट रनआउटका रूपमा प्राप्त गरेका थिए  । त्यसअघि १९ औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो ।

आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए । हरमित सिंहले यी दुवै विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन् । डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएका हुन्  । जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लिए  ।

अब सुदूरपश्चिमले लिगकै अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछन्  । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र जोड्न सके  ।

पोखराका ओपनरद्वय आन्द्रियस गौसले ३६ रन र दिनेश खरेलले १५ रन जोडे । गौसले २१ बलमा चार चौका र दुई छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाए । तर कप्तान कुशल भुर्तेल शुन्यमा र दिलीप नाथ १ रनमा आउट भए । तर आठौं ओभरमा आन्द्रियस र ११ औं ओभरमा जेन मलिक १० रनमा पेभेलियन फर्किए ।

यससँगै पोखरामाथि दबाब पर्‍यो  । १० ओभरको खेल सकिँदा ६७/४ को अवस्थामा थिए  । तर त्यसपछि ब्याटिङमा आएका रेइफर्ट र किरण ठगुन्नाले इनिङ समाल्दै जित सम्भावना बढाए पनि सफल भएन । यी दुईले छैटौं विकेटका लागि ७० रनको साझेदारी गरे ।

तर १९ औं ओभमार रेमन र २०औं ओभरमा किरण आउट भए । रेमनले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । किरणले पनि २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । सुदूरपश्चिमको बलिङमा स्कटले ३.५ ओभरमा पाँच विकेट लिए । उनले एक मेडन राख्दै १८ रन मात्र दिए । हरमितले तीन र सैब जैबले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाए  ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएका थिए  । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो ।

ब्रान्डन म्याकमुलन २३, कप्तान दीपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हरमित १३ र ईशान पाण्डे १० रन बनाए । पोखराको बलिङमा कप्तान कुशलले दुई विकेट लिए । रेमन, सागर ढकाल र लिस्कले समान एक विकेट निकाले ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?