Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिइएनः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन्  ।

आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा  पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताएका हुन्  ।

उनले  भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने  भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताए ।  उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताए ।

भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनपर्ने बताए  । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए ।

उनले  भने , ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुप¥यो । के बिगार्नुप¥यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन । अहिले पनि १०÷१५÷२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन् । त्यसकारण हामीले के भन्यौँ भने १५÷२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ । यस्तो हुनु हुँदैन । त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा ग¥यौँ । ५ वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने भनेर कुरा गरे । छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसे कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरेपनि हुन्छ, नहेरेपनि हुन्छ । किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो । हामीले त्यही पास गरिदियौँ । ५ वर्षसम्म पनि कारबाही नगर्ने, हल्लै हल्लाहको देश भएपछि । हल्लै हल्लामा चलेपछि । के गर्ने ? ५ वर्ष हटाउ । उजुरी परेपछि तत्काल कारबाही गर्नुपर्दछ । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्छ । त्यसलाई लम्ब्याएर त्यत्तिकै छोडिदिन पाइँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए  । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताए ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?