काठमाडौं। आज नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म रहेका छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ भने तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । त्यस्तै, राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो ।
काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको छ । बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत
कर्णाली। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ ९तीन सेट० जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । उक्त खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६०औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । नेपाल बादोरियो कराते डो सङ्घद्वारा यहाँ आज आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराते प्रतियोगिता’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न
काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनैपनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भएपनि मध्यमस्तरको काम भने गरिरहेको बताएका छन् ।
खजुरा,बाँके। बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर र सजाय र जरिवाना तोकेको छ । उक्त कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिए । उक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा. क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व
कञ्चनपुर। थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन्