Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आज नेपाली हलमा  लागे तीन नेपाली र दुई भारतीय फिल्म


काठमाडौं। आज नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म रहेका छन् ।

दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ भने तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । त्यस्तै, राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा बनेको यो फिल्मको लम्बाइ ७९ मिनेट छ । सिने द सेफ मल्टिप्लेक्सले यो फिल्म प्रदर्शनमा ल्याएको छ ।

तपाईंलाई डकुमेन्ट्री विधाका फिल्ममा रुचि छ भने ‘नो विन्टर होलिडेजः ढोरपाटन’ रुचिकर हुनसक्छ । यसमा रतिमा विश्वकर्मा र कलिमा विश्वकर्माको शीर्ष भूमिका रहेको छ । त्यस्तै, घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ भने बाबुछोरीको सम्बन्धको कथा पेश गर्ने यो फिल्ममा अर्पण थापा, शुभेच्छा खड्का, सन्तोष अधिकारी र मेनुका प्रधानको शीर्ष भूमिका रहेको छ ।

दीपक श्रेष्ठ निर्देशित रोमान्टिक ड्रामा ‘पर्खिबसें तिमीलाई’ पनि शुक्रबार रिलिज भएको छ भने किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, सुनिता श्रेष्ठको यसमा शीर्ष भूमिका रहेको छ । त्यस्तै, श्रीराम राघवन निर्देशित ‘मेरी क्रिसमस’मा विजय सेतुपति र कट्रिना क्याफको शीर्ष भूमिका छ भने ड्रामा–थ्रिलर जनरामा राखिएको यो फिल्मले क्रिसमसअघि भेट भएका दुई अपरिचितको सम्बन्ध अघि बढ्दै जाँदा आउने कथानक घुम्ती यसको विशेषता हो ।

अरुण माथिश्वारन निर्देशित दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिल्लर’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको यो फिल्ममा धनुष, शिव राजकुमारको अभिनय रहेको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?