Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

आज नेपाली हलमा  लागे तीन नेपाली र दुई भारतीय फिल्म


काठमाडौं। आज नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म रहेका छन् ।

दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ भने तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । त्यस्तै, राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा बनेको यो फिल्मको लम्बाइ ७९ मिनेट छ । सिने द सेफ मल्टिप्लेक्सले यो फिल्म प्रदर्शनमा ल्याएको छ ।

तपाईंलाई डकुमेन्ट्री विधाका फिल्ममा रुचि छ भने ‘नो विन्टर होलिडेजः ढोरपाटन’ रुचिकर हुनसक्छ । यसमा रतिमा विश्वकर्मा र कलिमा विश्वकर्माको शीर्ष भूमिका रहेको छ । त्यस्तै, घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ भने बाबुछोरीको सम्बन्धको कथा पेश गर्ने यो फिल्ममा अर्पण थापा, शुभेच्छा खड्का, सन्तोष अधिकारी र मेनुका प्रधानको शीर्ष भूमिका रहेको छ ।

दीपक श्रेष्ठ निर्देशित रोमान्टिक ड्रामा ‘पर्खिबसें तिमीलाई’ पनि शुक्रबार रिलिज भएको छ भने किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, सुनिता श्रेष्ठको यसमा शीर्ष भूमिका रहेको छ । त्यस्तै, श्रीराम राघवन निर्देशित ‘मेरी क्रिसमस’मा विजय सेतुपति र कट्रिना क्याफको शीर्ष भूमिका छ भने ड्रामा–थ्रिलर जनरामा राखिएको यो फिल्मले क्रिसमसअघि भेट भएका दुई अपरिचितको सम्बन्ध अघि बढ्दै जाँदा आउने कथानक घुम्ती यसको विशेषता हो ।

अरुण माथिश्वारन निर्देशित दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिल्लर’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको यो फिल्ममा धनुष, शिव राजकुमारको अभिनय रहेको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?