Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवार जिताउन बागमती प्रदेश समन्वय समिति गठन


काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको छ ।

बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल रहेका छन् । उक्त प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ ।

सो समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ भने उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा र एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ । सो प्रदेश भित्र रहेका महानगर, उपमहानगर र नगरपालिकाका पालिकाका प्रमुख तथा उप प्रमुखसँग समन्वय गर्न नगरपालिका महासंघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

उक्त गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि समन्वय गर्न गाउँ पालिका महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई दिइएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?