Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवार जिताउन बागमती प्रदेश समन्वय समिति गठन


काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको छ ।

बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल रहेका छन् । उक्त प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ ।

सो समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ भने उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा र एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ । सो प्रदेश भित्र रहेका महानगर, उपमहानगर र नगरपालिकाका पालिकाका प्रमुख तथा उप प्रमुखसँग समन्वय गर्न नगरपालिका महासंघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

उक्त गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि समन्वय गर्न गाउँ पालिका महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई दिइएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?