Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’


कञ्चनपुर। थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ ।

थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।

“म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।”

त्यस्तै, थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ । बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए ।

थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ रहेको छ भने बिहीबारदेखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?