Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


पाँच सय र हजारको नक्कली नोटसहित दुई जना पक्राउ

२३ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो

सदरमुकाम ल्याइयो हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव, २ जना अझै बेपत्ता

२३ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रवार साँझ छ बजे सदरमुकाम ल्याइएको छ । दुई जना भने अझै बेपत्ता अवस्थामा छन् । हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीय कमला कुँवर

घर बनाउने क्रममा पुरिएर चार जनाको मृत्यु

२३ वैशाख, इलाम । इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला

व्यवसाय दर्ता तथा नवीकरण सुस्त

२३ वैशाख ,सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन । जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी

सात वर्षमा ३० बाघ मरे

२३ वैशाख ,चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । `आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी

मौसम सफा रहने

२३ वैशाख ,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही

एकल महिला स्वरोजगार कार्यक्रमले राहत

२३ वैशाख ,गलकोट । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुगीन् । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमान्को मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकि

चितुवा नियन्त्रणमा लिन खोर

२३ वैशाख ,तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए

निस्कोट बराह तालको जैविक विविधता नासिँदै

२३ वैशाख ,गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको

श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह

२२ वैशाख ,काभ्रेपलाञ्चोक । सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई काभ्रेपलाञ्चोकको स्थानीय तहले धमाधम लागू गर्दैछन् । तेह्र स्थानीय तह रहेको यस जिल्लामा वैशाख तेस्रो हप्तासम्म पाँच तहले ‘श्रम स्वीकृति’ लागू गरेका छन् । गत चैत १६ गते नेपाल

सम्वन्धित समाचारहरु