Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

व्यवसाय दर्ता तथा नवीकरण सुस्त


२३ वैशाख ,सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन ।

जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९/०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ ।

व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ । व्यवसाय दर्ताको सङ्ख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ ।

तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे  ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा रु १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?