Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एकल महिला स्वरोजगार कार्यक्रमले राहत


२३ वैशाख ,गलकोट । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुगीन् । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमान्को मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो ।

खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकि छन् । छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताईन् ।

कार्यक्रमअन्तर्गत आफैँ उपभोक्ता समितिको अध्यक्ष भएर उनि वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थालेकि छन् । “छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौ–धौ, कार्यक्रम मार्फत एकल महिला मिलेर तीन स्थानमा पदमार्ग बनाइयो”, छन्त्यालले भनिन, “एक जना एकल महिलाको हातमा यस पटक छ हजार पर्यो दुई महिनाको घर खर्च टर्यो, प्लाष्टिक टनेलसमेत अनुदानमा दिएको छ ।”

चालु आर्थिक वर्षमा कार्यक्रममा विनियोजित रु एक लाख बजेटबाट सय मिटर पदमार्गमा ढुङ्गा छपाइएको छ । वडाका एकल महिलाले आफँै ढुङ्गा बोकेर नर्जाखानी, पात्ले र भित्रिवनमा पदमार्ग मर्मत गरेका हुन् ।

एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आवमा उक्त कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रिवन गरी तीन वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुङ्गा बिच्छाउने कार्य गरिएको हो । “घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रीय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरुले आफ्नै टोलमा पदमार्ग बनाएका छन्”, छन्त्यालले भने ।

अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?