Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

निस्कोट बराह तालको जैविक विविधता नासिँदै


२३ वैशाख ,गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् ।

गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे तर पछिल्लो समय यहाँका रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका स्थानीय टेकबहादुर पुनले बताए ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा ताल हेर्न पाइन्छ । झण्डै दुई रोपनीमा फैलिएको तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको ताल अवलोकनमा आएका पोखराका धनमणि अर्मजाले बताए ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित ताल र आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् ।

तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छायाँ) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए । पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए ।

छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ ।

ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्न पुग्ने गरेका छन् । तालको पर्यटन प्रवद्र्धन गर्न यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम गर्न पालिकामार्फत आवश्यक पहल गरिने वडाध्यक्ष पुनले बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?