Trending
>>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समाचार


पहिरोमा पुरिएर बेपत्ता एकको शव फेला

३ असार, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो । पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी

इरानको पहिलो भ्रमणमा पुगे साउदी विदेशमन्त्री

३ असार, एजेन्सी । साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् । उनले इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् । सन् २०१६ मा रियादले सिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी सहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण

आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति

३ असार, एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन् । हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परी साना ठूला गरी करिब २००

शरीफ थप चार बर्षका लागि पीएमएल–एन को अध्यक्ष निर्वाचित

३ असार, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ थप चार वर्षका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को अध्यक्षमा निर्वाचित भएका छन्। पाकिस्तानको मूलधारको सञ्चारगृह डनका अनुसार पीएमएल–एनको अध्यक्षमा सरिफ, उपाध्यक्षमा मरियम सरिफ र महासचिबमा अहसान इकबाललाई चयन गरिएको छ। पाकिस्तानका वर्तमान अर्थमन्त्री इशाक डार पीएमएल–एनको विदेश तथा अन्तर्राष्ट्रिय मामिलाको अध्यक्षमा निर्वाचित

हेवाखोलाको बाढीमा बेपत्ता भएका सबैको खुल्यो पहिचान

३ असार, पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय

पहिराले पुरिएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य तीव्र

३ असार, फुङ्लिङ । ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो । निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका

वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. देवकोटाको अर्धकदको प्रतिमा अनावरण

३ असार, काठमाडौँ । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो । चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १०

आजको मौसम : यी २ प्रदेशमा भारी वर्षाको सम्भावना

३ असार, काठमाडाैँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन् । प्रधानमन्त्री दाहालले बाढी

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

३ असार, काठमाडाैँ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो । भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको

सम्वन्धित समाचारहरु