Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पहिरोमा पुरिएर बेपत्ता एकको शव फेला


३ असार, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।

पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको भन्ने खबर प्राप्त भएको र थप पुष्टि हुन भने बाँकी रहेको प्रनाउ लिम्बूले बताए ।

उनका अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेको खोजी कार्यमा प्रहरी, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण जुट्दै आएका छन् । उहाँहरू तीन जना एकै परिकारका रहनुभएको पनि प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?